श्रीलंकाको ब्लुस्टारसँग नेपालको मछिन्द्र पराजित (तस्वीरसहित)

काठमाडाैँ । दशरथ रंगशालामा सम्पन्न भएको एएफसी कप छनोट-२०२२ अन्तर्गत प्ले अफको पहिलो खेलमै नेपालको मछिन्द्र क्लब श्रीलंकाको ब्लु स्टार क्लब सँग १-२ गोल अन्तरले पराजित भएको छ । यो हारसँगै मछिन्द्र पहिलो खेलबाटै बाहिरिएको छ ।

मछिन्द्रलाई घरेलु मैदान मै हराउनको लागी ब्लु स्टारका मोहमद इशानले खेलको २४ औं मिनेटमा र सेनल सन्देशले २७ औं मिनेटमा एकएक गोल गरे । मछिन्द्रका कप्तान सुजल श्रेष्ठले खेलको अन्तिम समयमा एक गोल फर्काए । ब्लु स्टारले मछिन्द्रविरुद्ध तीन मिनेट भित्र दुई गोल गरेको थियो ।

खेलको १६ औं मिनेटमा ब्लु स्टारले पेनाल्टी पाएको भएपनी त्यस्लाइ सदुपयोग गर्न भने सकेन । ब्लु स्टारका अरीपाडे ओम्बिबीको पेनाल्टी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेका थिए ।

मछिन्द्रका देवेन्द्र तामाङले शेनल सन्देशलाई पेनाल्टी क्षेत्रमा लडाएपछि ब्लु स्टारले पेनाल्टीको अवसर पाएको थियो ।

अब अप्रिल १२ मा हुने दोस्रो चरणको खेलमा श्रीलंकाको ब्लु स्टारले भारतको मोहन बगानको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *