राखेपका पूर्व सदस्य सचिव सिलवालको रिट खारेज

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा कायमै रहन तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले मंगलबार सिलवालले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो ।

वर्तमान सरकारले सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेपछि सिलवाल त्यसविरुद्ध सर्वोच्च अदालतमा गएका थिए ।

सर्वोच्चको यो फैसलासँगै अब घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *