प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की नियुक्त

विराटनगर । सोमबार साँझ प्रदेश १ को पदाधिकारीलाई बर्खास्त गरेको प्रदेश सरकारले मंगलवार बिहानै नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ। प्रदेश नंं. १ मन्त्रिपरिषद्को बिहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीनाजंग कार्की (विराटनगर, मोरङ) र सदस्य सचिवमा हंशराज वाग्ले (ज्यामिरे, ओखलढुंगा)लाई नियुक्त गर्ने निर्णय गरेको घिमिरेले बताए ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको आरोप लगाउँदै सोमबार साँझ पदबाट हटाउने निर्णय गरेको थियो । त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *