प्रधान मन्त्री देउवाको भारत भ्रमण : निर्धारित तालिका सकियो, आजै स्वदेश फर्कँदै

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमण पुरा गरि आज स्वदेश फर्किँदैछन् ।

प्रधान मन्त्री देउवा आफ्नो प्रतिनिधिमण्डलसहित आइतबार साँझ ६ बजेपछि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । शनिबार महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेका देउवा आइतबार विहान धार्मिक भ्रमणका लागि बनारस पुगेका थिए ।

बनारसको भ्रमण पूरा गरि प्रधान मन्त्री देउवा दिल्ली फर्किएका छन् । उनी दिल्लीबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौँ आउने कार्यतालिका छ । प्रधान मन्त्री देउवालाई बनारसमा मूख्य मन्त्री तथा भाजपाका नेता योगी आदित्यनाथले स्वागत गरेका थिए ।

प्रधान मन्त्री देउवाले बनारसस्थित काशी विश्वनाथ मन्दिरमा विशेष पूजा गरेका थिए । उक्त कार्यक्रममा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए ।

पूजापछि प्रधान मन्त्री देउवाले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको शिलान्यास पनि गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *