सभामुखले समय दिँदा पनि गृहमन्त्रीले बोल्न पाएनन्

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनबाट रोकेको छ ।

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि नाराबाजी गर्दै लामिछानेलाई रोकेको हो ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरले लामिछानेलाई समय दिए । रोष्टममा जान अगाडि बढेका उनलाई कांग्रेस सांसदहरूले रोकेका हुन् ।

यस्तै कांग्रेसको अवरोध जारी रहेपछि प्रतिनिधि सभा बैठक यही जेष्ठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।

शुक्रवार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक ज्येष्ठ १ गते अपरान्ह ६ बजे सम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *