समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने बजेट आओस् : सांसद भुषाल

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुषालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताएका छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकले उठाएका प्रश्नहरूको जवाफ दिनसक्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए । उनले सरकारको अदलाबदली र अस्थिरताका कारण देशमा जनमुखी कार्यक्रमहरू हुन नसकेको जिकिर गरे । उनले राजनीतिक दलहरू सत्ताका लागि मात्रै केन्द्रित भएको आरोप लगाए ।

उनले भने ‘आजसम्मका प्रश्नको समाधान दिन हामी सक्छौँ की सक्दैनौँ । यदि सक्छौँ भने आज जुन खालको यो सत्ताको अदलाबदलीले अस्थिरता सिर्जना ग¥यो, केही कानुन निर्माण हुन सकेनन् । राजनीतिक दलहरू खालि सत्ताका लागि मात्रै केन्द्रित भए भन्ने छ । ती सबै सकिनेछन् । सबै प्रश्न, आलोचनाको, सबै गुनासोको एकमुष्ठ समाधान हुनेछ । अहिले पनि हामीले त्यस खालको नीति कार्यक्रम ल्याउन सकेनौँ भने, समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति, कार्यक्रम र बजेट ल्याउन सकेनौँ भने हामीप्रतिका प्रश्नहरू झनै उठ्नेछन् । यो अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रूपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउन् ।’

सांसद भुषालले आगामी अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रूपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *