गण्डकीको मुख्यमन्त्री नियुक्ती विवाद : सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशको विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो ।

रिटमा अग्राधिकार प्रदान गर्दै जेठ ८ गतेलाई पेसी ताेकिएकाे छ। पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा संविधान उल्लङ्घन गरेको दाबी गरेका थिए । अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० सदस्य देखाएर बहुमत दाबी गरेका थिए ।

प्रदेश सभामा बहुमतका लागि ३१ सांसद हुनुपर्नेमा एक जना कम हुँदा पनि बहुमत पुगेको भनी सभामुखले घोषणा गरेर संविधान मिचेको दाबी रिटमा गरिएको थियो ।

सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउँदै लिखित जवाफ पनि माग गरेको छ । सर्वोच्चले यो मुद्दालाई गम्भीरतापूर्वक लिँदै पूर्ण सुनुवाइको मिति पनि तोकेको छ । सर्वोच्चको यो आदेशपछि मुख्यमन्त्री अधिकारीलाई केही महत्त्वपूर्ण कामहरूमा रोक लागेको छ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *