यी हुन् मन्त्रीपरिषद् बैठकका २४ निर्णय (भिडिओ)

काठमाडौँ । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

शुक्रवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने निर्णय गरेको बताइन् । उनले जलस्रोतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय भएको पनि बताइन् ।

त्यस्तै सरकारले २०८१ वैशाख २९ देखि जेठ ४ सम्म बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपिरियन्स शेयरिङ भिजिटमा सहभागिताको लागि राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसियास्थित मलेसिया एन्टी करप्शन एकेडेमी (एमएसिए) मा सञ्चालन हुने ट्रेनिङ अन एन्टी कर्पोरेशन स्टडिज फर सिआइएए नेपाल अफिसर्स विषयक तालिम कार्यक्रमको अनुगमन गर्न तथा उक्त कार्यक्रमको समापन समारोहमा भाग लिन २०८१ जेठ १४ देखि १८ गतेसम्म मलेसिया भ्रमण गर्न स्वीकृति प्रदान गर्ने, विश्व वातावरण सुविधा (जिइइ) बाट विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) मार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब १ अर्ब २० करोड रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको बताइन् ।

उनले इण्डोनेसियाको बालीमा आयोजना हुने १० औं वल्र्ड वाटर फोरम अन्तर्गत मिति २०८१ जेठ ७ देखि ८ गतेसम्म आयोजना हुने मन्त्रीस्तरीय बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने, कोहलपुर–सुर्खेत–दैलेख १३२ के।भी। प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत जिल्ला र दैलेख जिल्लामा करिब ५० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राईलाई प्रशासन विभागमा र सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने, प्रहरी नायव महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको छ ।

त्यस्तै इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको कुल खर्च रु. २८,३६,८३४/– सम्बन्धित पक्षलाई भुक्तानी गर्ने, ट्रामाडोल र टपेन्टाडोल औषधिहरूका एकल वा सम्मिश्रण औषधिहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचिमा समावेश गर्ने, चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेको ७ वटा सवारी साधन स्वीकार गर्ने, चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माणको लागि करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।

उनले भनिन् ‘२०८१ वैशाख २९ देखि जेठ ४ सम्म बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपिरियन्स शेयरिङ भिजिटमा सहभागिताको लागि राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा. डा. शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसियास्थित मलेसिया एन्टी करप्शन एकेडेमी (एमएसिए) मा सञ्चालन हुने ट्रेनिङ अन एन्टी कर्पोरेशन स्टडिज फर सिआइएए नेपाल अफिसर्स विषयक तालिम कार्यक्रमको अनुगमन गर्न तथा उक्त कार्यक्रमको समापन समारोहमा भाग लिन २०८१ जेठ १४ देखि १८ गतेसम्म मलेसिया भ्रमण गर्न स्वीकृति प्रदान गर्ने ।

विश्व वातावरण सुविधा (जिइइ) बाट विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) मार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब १ अर्ब २० करोड रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

इण्डोनेसियाको बालीमा आयोजना हुने १० औं वल्र्ड वाटर फोरम अन्तर्गत मिति २०८१ जेठ ७ देखि ८ गतेसम्म आयोजना हुने मन्त्रीस्तरीय बैठकमा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने ।

कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत जिल्ला र दैलेख जिल्लामा करिब ५० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरू श्री टेकप्रसाद राईलाई प्रशासन विभागमा र श्री सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने । प्रहरी नायव महानिरीक्षकहरू श्री उमेशराज जोशी र श्री भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको कुल खर्च रु। २८,३६,८३४÷– सम्बन्धित पक्षलाई भुक्तानी गर्ने ।

ट्रामाडोल र टपेन्टाडोल औषधिहरूका एकल वा सम्मिश्रण औषधिहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचिमा समावेश गर्ने ।

चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेको ७ वटा सवारी साधन स्वीकार गर्ने ।

चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माणको लागि करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।

समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा समाज कल्याण ऐन, २०४९ को दफा ५ को उपदफा (२) बमोजिम श्री नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।

सैनिक गट्ठाघर, भक्तपुरको लागि मध्यपुर ठिमी नगरपालिकामा करिब ७६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।

सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठूलीगाड–सेती बुढीगंगा दोभान सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका रुख÷पोल हटाउन स्वीकृति दिने ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा १,७३,०७१.७९२ के.जी. रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने ।

अमरगढी नगरपालिकाको बसपार्क निर्माणको लागि राष्ट्रिय वनको ०.९६ हेक्टर जग्गा प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुखविरुवा हटाउन स्वीकृति दिने ।

भाषा आयोगको रिक्त सदस्य पदमा श्री सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

लालझाडी गाउँपालिका कञ्चनपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, गुजरा नगरपालिका रौतहट, मालिका गाउँपालिका म्याग्दी, कलैया उपमहानगरपालिका बारा, जन्तेढुङ्गा गाउँपालिका खोटाङ, दिपायल सिलगढी नगरपालिका डोटी र तुम्बेवा गाउँपालिका, पाँचथरलाई विभिन्न प्रयोजनको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा (४) बमोजिम पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने ।

प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गर्ने ।

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने ।

जलस्रोतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने ।

सम्माननीय राष्ट्रपतिज्युसमक्ष नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवत २०८१ साल जेठ १ गते मङ्गलवारका दिन ३ बजे सम्बोधन हुन र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने ।’

सरकारले सैनिक गट्ठाघर, भक्तपुरको लागि मध्यपुर ठिमी नगरपालिकामा करिब ७६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठूलीगाड–सेती बुढीगंगा दोभान सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका रुख÷पोल हटाउन स्वीकृति दिने, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा १,७३,०७१.७९२ के.जी. रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *