जसपा साेलुखुम्बुका अध्यक्ष किराँतीसहित २९ जना माओवादी केन्द्र प्रवेश (सूचीसहित)

गेसाेका केन्द्रीय सभापति राई माओवादी प्रवेश (सूचीसहित)

काठमाडाैँ । जनता समाजवादी पार्टी [जसपा], साेलुखुम्बुका अध्यक्ष तथा प्रदेश न‍ं. १ सदस्य गान्धिभ किराँतीले नेकपा [माओवादी केन्द्र] प्रवेश गरेका छन् । अध्यक्ष राईले शनिवार माओवादी केन्द्रकाे मुख्यालय, काेटेश्वर पेरिसडाँडामा आयाेजित एक कार्यक्रमका बीच माओवादी केन्द्र प्रवेश गरेका हुन् । राईसँगै जसपा साेलुखुम्बुका २९ जना अन्य सदस्यहरू पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।

उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गरेपछि मन्तव्य दिने क्रममा किराँतीले माओवादी केन्द्रकाे एजेन्डामा देश चलिरहेकाे बताएका छन् । ‘खास रूपमा भन्ने हाे भने अहिले मुलुक माओवादी केन्द्रकाे एजेन्डामा हिँडिरहेकाे छ/अडिरहेकाे छ,’ उनले भने, ‘संघीयता, धर्मनिरपेक्षता, समावेशीसँगै समानताका कुराहरू माओवादी केन्द्र र प्रचण्डका एजेन्डाहरू हुन् । अब हाम्राे अभिभारा यसैकाे रक्षा गर्दै देश, समाजउन्मुख यात्रा गर्नु हाे र यसमा म दृढतापूर्वक लाग्ने घाेषणा गर्दछु ।’

जसपा साेलुबाट क-कसले प्रवेश गरे ? 

गेसाेका केन्द्रीय सभापति राई माओवादी प्रवेश

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय सभापति कृष्णकुमार राईले पनि माओवादी केन्द्र प्रवेश गरेका छन् । उनले पनि शनिवारकाे साेही कार्यक्रमका बीच माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

सभापति राईसँगै गेसाेका अन्य पदाधिकारी तथा सदस्यहरूले पनि प्रवेश गरेका छन् । गेसाे परिवारबाटै माओवादी केन्द्र प्रवेश गर्नेहरूकाे सङ्ख्या ६० छ । पार्टी प्रवेशपछि कार्यक्रमलाई सम्बाेधन गरेका सभापति राईले गेसाेकाे विधानअनुसार गेसाेका कुनै पनि पदाधिकारी तथा सदस्यहरूले आफ्नाे आस्था र विचारका आधारमा राजनीतिक दल छान्न सक्ने बताए । साेहीअनुरूप आफूले माओवादी केन्द्र छनाेट गरेकाे बताए ।

नेकपा [एमाले] मा झन्डै २६ वर्ष सङ्गठित सदस्य भएर पछिल्लाे दशकका केही वर्ष भूमिगत जीवन बिताएका राईले एमालेले आफूहरूकाे समस्यालाई नजरअन्दाज गरेकाे आराेप लगाए । उनले भनेका छन्— ‘म एमालेमा २६ वर्ष रहेँ । नेतृत्वलाई धेरैपटक हाम्राे समस्याहरूबारे ध्यानाकर्षण गराएँ; तर उहाँले केही पनि सुनुवाइ गर्नुभएन । त्यसपछि अब हाम्राे समस्यासँगै जनताकाे खुसी यही पार्टी माओवादी केन्द्रले ल्याउँछ भनेर म यहाँ आएँ ।’

उनले माओवादी केन्द्र अन्य पार्टीहरूभन्दा समावेशी र जनतामुखी भएकाे दाबीसमेत गरेका छन् ।

गेसाेबाट क-कसले प्रवेश गरे ?

‘माओवादी केन्द्रले जितेकाे पालिकामा राम्राे विकास भएकाे छ’

नवप्रवेशीहरूलाई सम्बाेधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमात्रै जनताकाे पार्टी भएकाे दाबी गरे । नवप्रवेशीहरूकाे भनाइ पनि यही रहेकाे उल्लेख गर्दै उनले भने— ‘अन्तत: जनतामा हाम्राे हित चाहने पार्टीचाहिँ माओवादी केन्द्र नै रहेछ भन्ने परेकाे छ । तपाईंले हेर्नुभयाे भने; म पछिल्लाे हप्ताहरूमा यस्तै पार्टी प्रवेश गर्नेहरूकै बीचमा उभिँदै आएकाे छु । यसले पनि याे कुराकाे पुष्टि गर्दछ । उहाँहरूले यस्ताे लागेरै माओवादी केन्द्र प्रवेश गर्दै हुनुहुन्छ ।’

माओवादी केन्द्रले जितेकाे चितवनकाे भरतपुर महानगरपालिकाकाे उदाहरण दिँदै प्रचण्डले भनेका छन्, ‘सरकारले नै निकालेकाे तथ्याङ्क हेर्ने हाे भने ५ वटामा राम्राे विकास भएकाे पालिकामा ३ वटाचाहिँ माओवादी केन्द्रले नै जितेकाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *