जापानकी विदेशमन्त्री योको नेपालमा

काठमाडौं । जापानकी विदेशमन्त्री योको कामीकावा काठमाडौं आइपुगेकी छन् ।

उनलाई परराष्ट्रसचिव सेवा लम्सालले विमान स्थलमा स्वागत गरिन् ।

उनी श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएकी हुन् । दक्षिण एसिया भ्रमणपछि उनी जापान फर्कने कार्यक्रम छ ।

कामीकावाको नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने छ ।

भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *