प्रशोधित खानाबारे तपाईँलाई के थाहा छ ?

समाचार तथा स्वास्थ्यसम्बन्धी बहसमा जहिले पनि प्रशोधित खाद्यपदार्थबारे नकारात्मक व्याख्या गर्ने गरिन्छ । मोटोपना, उच्च रक्तचाप, मधुमेह जस्ता समस्याहरूको जड नै प्रशोधित खाना हो भन्ने गरिन्छ । वास्तवमा प्रशोधित खानाहरू के के हुन् ? के ती सबै खाना स्वास्थ्यको लागि खराब छन् त ?
प्रशोधित खाद्य पदार्थ भनेको के हो ?
सामान्यतया प्रशोधित खाना भन्नाले कच्चा कृषिजन्य उत्पादनलाई धोएर, सफा गरेर, मिलाएर टुक्रा पारेर, तातो बनाएको, फ्रोजन गरेको, सुकाएको, पाश्चराइड गरेको, डिब्बामा राखेको, पानी रहित बनाएको खाद्य पदार्थ हो । त्यस्तै स्वादका लागि फ्लेवर, चिनी, नुन, बोसो राखिएका खाना पनि प्रशोधित खाना हुन् ।
कुन खानाहरू बढी प्रशोधित छन् ?
– ताजा फलफूल, काटेको तरकारी, भुटेको नट जस्ता खाना सुविधाको लागि मात्र प्रशोधन गरिन्छ । यी न्यूनतम प्रशोधित खाना हुन् ।
-पोषणको गुणस्तर र खाने कुराको ताजापन नै बिग्रने गरी प्रशोधन गरिएको खाना भनेको डिब्बामा राखेका खाना, फ्रोजन तरकारी र फलफूल हो ।
– स्वादको लागि थपिएका सामग्रीहरू जस्तै, मिठाईमा मसला, रङ, तेल, पास्तामा तथा अन्य खानामा राख्ने सस, आदी पनि बढी प्रशोधित पदार्थ हो ।
– चिप्स, क्रयाकर, डेली मिट पनि उच्च प्रशोधित खाना हो ।
– सबैभन्दा बढी प्रशोधन गरिएको खाना भनेको पहिले नै बनाएर राखेको खाना हुन्छ । जस्तै पिज्जाको बेस । फ्रोजन र माइक्रोवेभमा बनाएको खाना प्रशोधित मानिन्छ ।
स्वस्थ आहारमा न्यूनतम प्रशोधित खाद्य पदार्थको मात्र स्थान हुन्छ । उदाहरणको लागि कम फ्याट भएको दूध, अनाज वा गहुँको रोटी, प्रिकट तरकारीहरू र ताजा काटिएका सागहरू । फ्रेस जुस र दूध भिटामिन डी र क्याल्सियमयुक्त हुन्छ । अनाज भएको नास्ता खादा शरीरमा रेसाको मात्र पूर्ति हुन्छ । फलफूलमा प्राकृतिक रस अर्थात् पानी हुन्छ । फलफूल नहुँदा डिब्बामा प्याक गरेको फलफूल पनि खान सकिन्छ ।
लेबल पढ्नुहोस्
खानेकुरामा प्रयोग भएको सामग्रीको सूची र पोषण सम्बन्धी जाँच गर्नु अति नै महत्त्वपूर्ण हुन्छ । कुनै उत्पादनमा प्राकृतिक वा जैविक लेख्दैमा त्यो हाम्रो लागि खानयोग्य र राम्रो नै हुन्छ भन्ने छैन । कहिलेकाहीँ प्रशोधित खाना खानु राम्रो हो । तर त्यसमा लुकेको चिनी, फ्याट र नुन भने जाँच्नुपर्छ । यी पदार्थहरू प्रशोधनको क्रममा थपिन्छन् ।
लेबलमा लेखिएको माल्टोज, ब्राउन सुगर, मकैको सिरप, हनी, फ्रुट जुस कन्सेन्ट्रेन्ट जस्ता शब्दहरू पत्ता लगाउन सिक्नुपर्छ । सोडियमको कुरा गर्दा मानिसहरू थोरै नुन थपेको छु भन्छन् । तर प्रशोधित खानामा पहिले नै आवश्यकता अनुसारको नुन राखिएको हुन्छ । प्रतिदिन २३०० मिलिग्रामभन्दा बढी सोडियम खानु स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ । त्यसैले कम सोडियम भएका खानेकुरा रोजेर किन्नुपर्छ । साथै डिब्बामा बन्द खानेकुरालाई पखालेर पनि सोडियम हटाउन सकिन्छ ।
न्यून ट्रान्स फ्याट
स्वास्थ्य क्षेत्रका विज्ञहरूले ट्रान्सफ्याटलाई सबैभन्दा खराब बोसोको प्रकार भनेका छन् । अन्य खानयोग्य बोसोको विपरीत ट्रान्सफ्याट जसलाई ट्रान्सफ्याटी एसिड पनि भन्ने गरिन्छ । जसले खराब कोलस्ट्रोल बढाउने र राम्रो कोलस्ट्रोल घटाउने काम गर्छ । उत्पादकहरूले ट्रान्सफ्याट हटाउन काम गरिरहेका छन् ।
यदि कुनै उत्पादनमा ०.५ ग्रामभन्दा कम ट्रान्सफ्याट छ भने त्यसलाई शून्य ट्रान्सफ्याट भएको दाबी गर्न सकिन्छ । संतृप्त फ्याट भएको खानेकुराबाट पनि सकेसम्म टाढा बस्नुपर्छ । स्वास्थ्य खानाको सुरुवात हामीले आफैबाट गर्नुपर्छ । हामीले के खाने खानेकुराबारे के कुरा सिक्ने भनेर आफूलाई सधैँ शिक्षित राख्ने प्रयास गर्नुपर्छ । आफ्नो स्वास्थ्यको लागि कस्तो खाना राम्रो र उपयुक्त हुन्छ भनेर पेशेवर पोषण विशेषज्ञसँग छलफल र परामर्श गर्नुपर्छ । –मायो क्लिनिकबाट








