चुनावी गठबन्धनबारे निर्णय गर्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले चुनावी गठबन्धनलगायत विषयमा निर्णय गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्नेबारे निर्णय गर्ने भएको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सोमबार सकिएको छ । ‘चुनावी गठबन्धनबारे दिउँसो ३ बजेको बैठकमा हामी निर्णय गर्छौँ,’ उनले भने, ‘पार्टीलाई स्थानीय चुनावमा कसरी प्रस्तुत गर्नेलगायत विषयमा आज निर्णयमा पुगिन्छ।’

गत शुक्रबारदेखि कांग्रेसले केन्द्रीय समिति शुरू गरेको थियो । बैठकमा गाउँ गएका नेताहरूले पार्टीको अवस्थाबारे विवरण पेश गरेका थिए । कतिपयले गठबन्धनका पक्षमा त कतिले एक्लै चुनाव जितिने विवरण पेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =