विप्लव नेकपाकाे निर्णय- आफ्नाे उम्मेदवार नउठाउने, जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने

काठमाडाैँ । आगामी स्थानीय तह निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले आफ्नाे उम्मेदवार नउठाउने भएकाे छ । चैत ४ गतेबाट १० दिन बसेर साेमबार सकिएकाे केन्द्रीय समिति बैठकले यस्ताे निष्कर्ष निकालेकाे स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्ताेलाले बताए ।

उनकाअनुसार बैठकमा खासगरी तिनवटा विषयमा छलफल भएकाे थियाे । ‘तीनवटा विषयमा बैठकमा मुख्यरूपमा छलफल भयाे,’ उनले भनेका छन्, ‘जसमा महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भएकाे हाे । महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसीविरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको छ ।’

यद्यपि पार्टीले अन्य दलका जनपक्षीय उम्मेदवारलाई सहयाेग गर्ने निर्णय गरेकाे छ ।

बैठकमा महासचिव विप्लवले यसपटक पार्टी निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव ल्याएका थिए । तर, बहुमत केन्द्रीय सदस्यहरूले त्यसलाई अस्वीकार गरेका छन् । विप्लवकाे प्रस्तावकाे पक्षमा पार्टीका प्रवक्तासमेत रहेका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित केही सदस्य मात्रै थिए । यसपछि पूर्ण सहमति नजुटेकाे भन्दै पार्टीले आफ्नाे उम्मेदवार नउठाउने भएकाे हाे ।

वैज्ञानिक समाजवादकाे मुद्दा बाेकेर हिँडेकाे नेकपाकाे याे बैठकले जनमत संग्रहकाे दबाब दिनेसमेत निर्णय गरेकाे छ ।

♦ याे पनि:
   निर्वाचनमा हाेमिँदै विप्लव, हाेला माओवादीसँग तालमेल ?
   विप्लवकाे प्रस्ताव- ‘निर्वाचनमा जाऔँ’
   विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक शुरू, स्थानीय निर्वाचनकाे उपयाेगबारे छलफल हुँदै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =