राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता वैशाखमा

काठमाडाैँ । १६ औँ धर्मश्री तथा प्रथम पुरुष फिजिक्स र प्रथम महिला फिजिक्स राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता वैशाखमा तेस्रो आयोजना हुने भएको छ ।
नेपाल व्यायाम मन्दिरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाख २३ र २४ गते आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिताको ‘प्रि–जजिङ राउण्ड’ वैशाख २३ मा हुनेछ ।
फाइनल चरण वैशाख २४ मा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जसमा ५५, ६०, ६५,७०,७५,८० र ८० भन्दा माथिका तौल समूह हुनेछ ।
धर्मश्री विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रोले दुई लाख पुरस्कार पाउँदा चौथोले १ लाख ५० हजार, पाँचौले १ लाख, छैटौंले ९० हजार र साताैँ हुनेले ८० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक तौल समूहका उपविजेताले ४० हजार र तेस्रो हुनेले २५ हजार पाउने छ ।
त्यस्तै, प्रथम महिला फिजिक्सतर्फको विजेताले दुई लाख, उप विजेताले एक लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने व्यायाम मन्दिरले जनाएको छ ।








