माओवादीलाई पखाल्दा वाग्मती नै मैलियो : अध्यक्ष ओली
२०७८ चैत १२ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई पखाल्दा वाग्मती नै मैलिएकाे टिप्पणी गरेका छन् ।
शनिबार पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको अधिवेशन उद्घाटन गर्दै उनले माओवादीले पिरोल्न नछाडेको बताउँदै सुधार्ने काेसिस गर्दा पनि नसुध्रिएकाे टिप्पणी गरेका हुन् ।
उनले भने, ‘हाम्रो बागमती नै मैलियो, माओवादीलाई पखाल्दा पखाल्दा । घरमै ल्याएर कोशिस गरियो । तर अन्तिममा ‘’ उनले भने ।
त्यस्तै उनले प्रचण्डतर्फ संकेत गर्दै निलो श्यालले जंगलमा सबैलाई भ्रम छरेर काबुमा राखेको कथा सुनाए । उनले भने, ‘युवाहरूको गल्ती प्रचण्डजस्तालाई पत्याए’ उनले भने, ‘अलि अलि त मैले नै पत्याएँ । सपार्न सकिन्छ कि भन्ने आँट आयो ।’
२०७८ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








