साेलुखुम्बु : एमाले र एकीकृत समाजवादीका १०३ भन्दा धेरै नेताहरू माओवादी केन्द्र प्रवेश

साेलुखुम्बु । सोलुखुम्बुमा एमाले र एकीकृत समाजवादीका १०३ भन्दा धेरै नेता/कार्यकर्ताहरू माओवादी केन्द्र प्रवेश गरेका छन् । शुक्रबार साेताङकाे शिवटार बजारमा आयाेजित एक कार्यक्रमका बीच उनीहरूले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा एमालेका जिल्ला कमिटी सदस्य तथा प्रदेश पर्यटन बोर्ड सदस्य भीमराज राई, एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य जुद्धबहादुर कार्कीलगायत छन् ।

नवप्रवेशी राई सोताङ एमालेका प्रभावशाली नेता मानिन्छन् भने कार्की तत्कालीन एमालेको फुटमा एकीकृत समाजवादीमा लागेका नेता हुन् । उनीहरूलाई माओवादी केन्द्र, साेलुखुम्बुका संयाेजक असीम राई, साेलुखुम्बुका संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ नेता गाेम्बु शेर्पा कर्ज्याङलगायतका नेताहरूले स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =