निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा

काठमाडौँ । निसान इन्डियाले निशान म्याग्नाइटको ५० हजार युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ । कोभिड–१९ को संक्रमण चुनौती र सेमिकन्डकटरको अभावको अवस्थामा पनि कम्पनीले ५० हजार म्याग्नाइट उत्पादन गर्न सफल भएको छ ।

यस अवसरमा निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोकले भने, ‘अन्तराष्ट्रिय बजारमा दि मेक अफ इण्डिया मेक फर दि वर्ल्डअनुसार एसयूभी खास मोडेलको उत्पादन हो र यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापना गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनितिअनुसार बजारमा आउनेछ ।

बिगबोल्ड, ब्युटीफुल (ठुलो, बलियो, राम्रो) एसयूभीले भारतका साथै अन्तराष्ट्रिय बजारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । हामी हाम्रा ग्राहकहरु,विजिनेस पार्टनरहरु र कर्मचारीहरुलाई भारत र अन्तराष्ट्रिय बजारमा निसान म्याग्नाइटले उल्लेखनीय सफलबनाउन सहयोग गरेकोमा हार्दिक धन्यबाद दिन्छौँ ।’

निसान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *