कायखेतको पुल चाँडै सञ्चालनमा आउने सांसद राईकाे प्रतिबद्धता

साेलुखुम्बु । सांसद हेमकुमार राई ‘सुरवीर’ले साेलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिका ८ र माप्यदुधकोशी ६ जोड्ने कायखेतस्थित दुधकोशी नदीमा निर्माणाधीण मोटरेबल पुलको स्थलगत निरीक्षण गरेका छन् । ०७७ मंसिर २२ गते शिलान्यास गरिएको उक्त पुलको हालसम्म पिलर राख्ने तथा ढलानको काम सम्पन्न भएपनि अन्य काम भने बाँकी रहेकाे छ । जसले गर्दा वाकुका स्थानीयले खाद्यन्न ढुवानीदेखि सदरमुकाम र गाउँपालिका केन्द्रसम्म पुग्नकाे लागि सहज भएकाे छ । पुल बन्नुभन्दा पहिले त्यहाँ पैदलै यात्रा गर्नुपर्ने वा फरक दुईवटा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता थियाे ।

संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानी ६ करोड ५ लाख ५९ हजारको लागतमा निर्माणाधीण पुलको कार्य सम्पन्न गर्नको लागि आवश्यक बजेट भुक्तानी नभएकाले समस्या भएको निर्माण कम्पनीले जनाएको छ । सांसद राईले पुल चाँडै सम्पन्न हुन नसक्नुको कारणबारे वाकुका स्थानीय र वडाध्यक्षसँग आवश्यक जानकारी लिएका छन् ।

३६.५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ भएको उक्त पुल सम्पन्न गर्नको लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धतासमेत सांसद राईले व्यक्त गरेका छन् । यसअघि प्रदेश सांसद एवम् एमाले प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले समेत पुल निर्माणमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका थिए । आवश्यक बजेट भुक्तानी हुन नसकेको स्वीकार गर्दै सांसद राजभण्डारीले अब चाँडै निकास निस्कने बताएका थिए ।

यसैबीच, जिल्लाका प्रदेश तथा संघीय सांसदले पुलको अवलोकन गरेकाले समस्या समाधान हुनेमा वाकुका स्थानीयवासी विश्वस्त भएका छन् । स्थानीयसमेत रहेका गाैरब खालिङले जिल्लाका जनप्रतिनिधिले चाँडै पुल सञ्चालनमा ल्याउने गरेको प्रतिबद्धता पूरा हुनेमा आफूहरू ढुक्क रहेको बताए ।

सिधा सवारी सञ्चालन नहुँदा सामान्य कामदेखि बिरामी हुँदा बाहिर उपचारमा लैजानको लागि समस्या हुने गरेको माप्यदुधकोशी गाउँपालिका ६ र ७ का वडाध्यक्ष दिनेश कुमार राई र सगुजित राईले संयुक्त रूपमा गुनासो गरे  । उनीहरूले यसकाे सहजीकरणका लागि मागसमेत गरेका छन् ।

♦ याे पनि:
   अब गाडी चढेरै सगरमाथा आधारशिविरतिर…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *