जोनशनको प्रायोजनमा ‘बेवि पेजेन्ट शो’ हुने

काठमाडौँ । जोनशनको मुख्य प्रायोजनसँगै एभरेष्ट बैँक र हिमालय हर्बलको सह प्रायोजनमा एक भब्य बेबी पेजेन्ट शो आयोजना हुने भएको छ । ३ वर्ष देखि ७ वर्षसम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रमको आयोजना तय भएको छ ।

जारी प्रेस विज्ञप्ति अनुसार प्रतिस्पर्धामा ३ वर्षदेखि साढे ४.५ बर्षका बालबालिका ‘र्याम्प वाक विथ मदर’ इभेन्टमा सहभागी हुन सक्नेछन् । त्यसैगरी ४.५ वर्ष उमेर भन्दा माथि र ७ वर्षभन्दा मुनिका बालबालिका ‘र्याम्प वाक’ र विभिन्न ‘ट्यालेन्ट शो’ मा सहभागी हुन सक्नेछन् ।

सहभागिताको लागि आकांक्षीहरुले निःशुल्क रुपमा आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन् । बेबि पेजेन्ट शोमा भाग लिन चाहनेले अन्तिम आवेदन २५ मार्च, २०२२ (११ चैत २०७८) भित्र गरिसक्नु पर्नेछ ।

यस बेबि पेजेन्ट शो मा दुई छुट्टाछुट्टै विधा प्रतिस्पर्धा गरिने छ ।

जस अनुसार ३ देखि ४.५ वर्ष समुहका प्रथम विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सोही अनुरूप ४.५ वर्ष देखी ७ वर्ष समुहका प्रथम बिजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
दुबै समूह गरी कुल पुरस्कार रकम १ लाख ८० हजार रुपैयाँ रहेको छ ।

निकै रुचि र कौतुहलताको साथ हेरिएको यस बेबि पेजेन्ट शोले बिभिन्न चरणहरु पार गर्दै ९ अप्रील, २०२२ (२६ चैत २०७८) मा अन्तिम प्रतिस्पर्धा गर्नेछ ।

बेबि पेजेन्टमा सहभागि हुन यो लिङ्क https://forms.gle/ayFPdDqayH6tDAUM8 प्रयोग गर्न वा ९८५१२४६१५९/९८५१२४६१५७ मा सम्पर्क गर्न सकिनेछ ।

भौतिक रुपमा पठनपाठन शुरु भएसँगै लामो अन्तरालमा आयोजना हुन लागेकोले यस खालको भव्य प्रतियोगिताले बालबालिकामा रहेको सोचाई अनुभुति र प्रतिभालाई प्रस्फुटन गराउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *