कमल थापालाई बाबुराम भट्टराईको सुझाव- ‘चुनाव चिह्न ‘तीर’ लेख्नुस्’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई चुनाव चिह्नको नाम शुद्ध लेख्न सल्लाह दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो सल्लाह दिएका हुन् ।
अध्यक्ष थापाले आफ्नो पार्टीले पाएको चुनाव चिह्न ‘तिर’ लेखेपछि उनका सहपाठीसमेत रहेका पूर्व प्रधान मन्त्री भट्टराईले ‘तीर’ लेख्न सल्लाह दिए । यी दुई शब्दका अर्थ फरक फरक हुने पनि उनले जानकारी दिए । बाबुरामले आफूहरूलाई शिक्षकले नेपाली विषय पढाएको स्मरणसमेत थापालाई गराएका छन् ।
मेरा सहपाठी मित्र @KTnepal ले नमागेको सुझाव दिएॅ है! नेपाली भाषामा ‘तिर’ को अर्थ ‘तर्फ’हुन्छ !तपाईंको चुनावचिन्ह ‘वाण’ हो भने ‘तीर’ लेख्नुपर्ला।(नदीको किनार पनि ‘तीर’ हुन्छ!) वर्तमान प्रधान सेनापति प्रभुराम शर्माका पिता गणेशबल्लभ शर्माले हामीलाई अस्कलमा नेपाली पढाएको सम्झनुहुन्छ? https://t.co/fzQRPCnnRp
— Baburam Bhattarai (@brb1954) March 16, 2022








