एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले अचानक संसद् अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो नियमित रुपमा बोलाइएको हो,’ उनले भने ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =