जसपा नेता प्रदीप यादवमाथिकाे कारबाही फिर्ता

काठमाडाैँ । जनता समाजवादी पार्टी [जसपा] का सांसद प्रदीप यादवमाथिकाे कारबाही पार्टीले फुकुवा गरेकाे छ । जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीकाअनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । पर्सा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउनेलगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो ।

वर्तमान सत्ता गठबन्धनमा मन्त्री नबनाएपछि उनले विरोध जनाएका थिए । जसपा नेता तथा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेलगत्तै यादवमाथिको कारबाही फिर्ता लिइनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

वीरगञ्जकाे मेयरमा सरावगीलाई टिकट दिलाउने र जिताउने मुख्य भूमिकामा यादव थिए । उनी मधेश आन्दोलनको अगुवा नेतासमेत हुन् । पर्सामा जसपाका नेताहरू धमाधम एमाले प्रवेश गर्न थालेपछि यादवलाई कारबाहीमुक्त गरिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =