गठबन्धनकाे सरकारले अनावश्यक फूर्ति मात्रै गर्‍याे : ओली

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले गठबन्धनकाे सरकारले अनावश्यक फार्तिफूर्ति मात्रै गरेकाे बताएका छन् । आइतबार काठमाडाैँमा उद्याेगीहरूसँग छलफल गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘गठबन्धन सरकार आयाे; काम त त्यस्तै हाे फार्तिफूर्तिचाहिँ राम्रै गर्‍याे, फूर्ति मात्रै गर्‍याे कामचाहिँ त यस्तै हाे ।’

गठबन्धनकाे सरकार बनेपछि प्रतिस्थापन विधेयकमार्फत ओली नेतृत्वकाे सरकारले ल्याएकाे बजेट प्रतिस्थापन गरेकाे थियाे । यसतर्फ लक्षित गर्दै ओलीले थपे— ‘त्याे हुती गठबन्धनकाे सरकारसँग थिएन । अरुले गरेकाे राम्राे कामलाई विस्थापन गर्न मात्रै जान्याे याे सरकारले । हामीले ल्याएकाे बजेटलाई प्रतिस्थापन गर्‍याे, त्याेपनि त्यहाँ केही विकृत कुराहरू राखेर ।’

भाैतिक पूर्वाधारले मात्रै देशकाे विकास नहुने ओलीले ठाेकुवा गरे । ‘देशकाे विकास सिर्फ भाैतिक पूर्वाधारले हुँदैन,’ उनले भने, ‘सामाजिक पूर्वाधार पनि हुनुपर्छ । आजकाे हाम्राे आकांक्षा भनेकाे समृद्ध नेपाल र सुखी नेपाली नै हाे । यसमा हामी कसरी पुग्न सक्छाैँ, त्याे उद्याेगीहरूकै हातमा पनि छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =