नेपाली फुटबललाई झस्काइरहने फागुन २९

काठमाडाैँ । सम्भवत नेपाली फुटबलले अब फेरि त्यस्तो दिन देख्नुपर्ने छैन् । अनि विश्व फुटबल नै शोकमा पुगेको तत्तकालिन क्षणमा नेपाली फुटबल क्रेज अविश्वसनिय थियो । स-साना फुटबल प्रतियोगितामानी लोभलाग्दो दर्शक क्रेज काठमाडौँको सान थियो ।

सम्झना विक्रम संवत् २०४४ साल फागुन २९ गतेको हो अर्थात् ३४ वर्षअघिको दशरथ रंगशालामा घटेको एक दुर्घटनाको हो, जतिबेला दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज सिल्ड फुटबलको फाइनल थियो । त्रिभुवन च्यालेन्ज सिल्ड तत्कालीन समयको सर्वाधिक लोकप्रिय प्रतियोगिताका रूपमा मानिन्थ्यो ।

सोहि प्रतियोगिताको फाइनल खेलका लागि बंगलादेशको मुक्तिजोद्धा क्लब र नेपालको जनकपुर चुरोट कारखाना । दशरथ रंगशालामा उपाधिका लागि मैदानमा उत्रिएको थियो । तत्कालीन समयमा दशरथ रंगशालामा ठूलो मात्रामा मानिसहरू अटाउँथे । तुलनात्मक रूपमा अहिले भन्दा दोब्बर दर्शकलाई मैदान प्रवेशको अनुमति हुन्थ्यो । अर्थात् करिब ३० हजार दर्शक रंगशालामा पुग्थे । उक्त फाइनलमा पनि रंगशाला भरिभराउ नहुने कुरै भएन् ।

भरिभराउ रंगशालामा हजारौं समर्थकको कोलाहालले माहोल उत्सवमय बनेको थियो । तर त्यो दिनको मौसमले अर्कै आभाष दिइरहेको थियो । फागुनमा पनि चिसो सिरेटो र हावा हुरी तथा ठ्याम ढाडिएको आकाशले स्वभाविक रूपमा चिसो बढाएको थियो । अहिलेको साफ च्याम्पियनसिपको फाइनलको जस्तै भिड थियो । अर्थात् मैदानमा मात्रै दर्शक थिएनन् । मैदान बाहिरपनि भरिभराउ थिए । दक्षिणपट्टिको गेटमा टिकट काटिसकेका दर्शकभित्र छिर्ने तयारीमा थिए ।

खेल शुरू भयो दर्शकको ठेलमठेलमा रंगशालामा छिर्ने क्रम रोकिएको थिएन् । तर आकाशको चाला गतिलो थिएन् । तर कसैले पनि सोचेका थिएनन्की अब के हुन्छ भनेर पहिलो हाफको खेल जारी रहँदा नै एक्कासी ठूलो हावाहुन्डरी सहितको वर्षा शुरू भयो । उत्तरतिरका ठुलठूला रूखहरू भाँचिएर ढल्न थाले भने धुलो सँगै बर्षिएको असिना पानिले कसैले-कसैलाई देख्न सक्ने अवस्था थिएन् । त्यही बिचमा दर्शकहरूले संयम्ता गुमाए अलि पानि र असिना कम हुनसाथ सुरक्षित स्थान तर्फ फर्किने प्रयासमा भिडभाड गर्दै गेट तिर जान थाले ।

दक्षिणपट्टिको ढोकामात्र खुलेको थियो जसका कारण भर्‍याङको ठूलो ग्याप मानिसको भिडले देख्नै सकेन । जहाँ धेरै समर्थक फस्न पुगे । जसका कारण असोचनीय मानवीय क्षति भयो । त्यो घटनामा ९३ जनाको ज्यान गएको थियो ।

धेरै मानिसहरू ग्यापमा खस्न पुग्दा घाइते भए भने केही भिडका कारण सास फेर्ननै नसकेर निसासिएर मरेका थिए । प्राकृतिक प्रकोपको संयोगमा मानवीय असावधानिले सयौं ब्यक्तिले ज्यान गुमाउन पुगेको त्यो घटना नेपाली फुटबललाई झस्काउने ‘कुख्यात’ दिन बनेर सधैँ रहिरहने छ ।

त्यसोत तत्कालीन दुर्घटना यति भंयकर थियो कि रंगशाला आसपासमा घाइते बोक्ने साधन पाउन पनि मुस्किल थियो । सरकारका कर्मचारी तथा मन्त्रीहरूको गाडीमा ढूंगा प्रहार भयो भने तत्कालीन समयममा धेरै विरामी एकसाथ भएकाले अस्पतालमा अक्सिजन अभावका कारण पनि थप मानिसहरूले अकारण ज्यान गुमाए ।

त्यसोत धेरै मानिसहरूले गरेको ठूलो सहयोगले अझै धेरैमानिसहरू मर्नबाट जोगिए तर त्यस घटनाले नेपाली खेलकुदलाई मात्र होइन विश्व खेलकुदलाईनै संसयमा पारेको थियो । उक्त घटनाका कारण तत्कालीन शिक्षा मन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाह र फुटबल संघका अध्यक्ष कमल थापाले नैतिक्ताको आधारमा राजीनामा दिएका थिए ।

उक्त दुखद दुर्घटनापछि पुनः सो फाइनल हुन सकेन् । बंगलादेशी टोली तीन दिनपछि घर फर्कियो । लामो समयसम्म मानिसहरू उक्त घटनालाई लिएर विक्षिप्त देखिन्थे । गाउँ जस्तो काठमाडौँ शहरमा पछिसम्म मानिसलाई झझल्को दिइरह्यो । अर्थात् पछिसम्म पनि त्रिपुरेश्वर आसपास मानिस समसाँझमा नै हिँड्न डराउँथे कोलाहालको आवाजले तर्साएको मान्थे ।

विस्तारै घटनात स्मृतिमा पुगेको छ । तर कहालीलाग्दो दिनको सम्झना कहाँ हट्छ र विश्व फुटबलका सर्वाधिक दुखद दुर्घटना सम्झिँदा काठमाडौँको दशरथ रंगशालालाई कसैले पनि बिर्सिदैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *