एमाले-कांग्रेस त्यागेर ७२ भन्दा बढी नेताहरू एकीकृत समाजवादी प्रवेश

काठमाडाैँ । एमाले र कांग्रेस त्यागेर केही नेताहरू एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । प्रदेश १ का सामाजिक विकासमन्त्रीसमेत रहेका नेता राजन राईकाअनुसार एमाले र कांग्रेस त्यागेर ७२ जनाभन्दा बढी नेता/कार्यकर्ताहरू एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

यस्तै किराँत खम्बुवान् साझा पार्टीका तीन केन्द्रीय उपाध्यक्षहरूले पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सिद्धिकुमार राई, अशोककुमार राई र मिसन चाम्लिङसँगै पार्टी प्रवक्ता सन्देश राई, सहप्रवक्ता राजकुमार राईलगायतका नेताहरूले पनि पार्टी प्रवेश गरेका छन् ।

उनीहरूलाई पार्टीका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री माधवकुमार नेपालले स्वागत गरेकाे नेता राईले जानकारी दिए । ‘साथमा उहाँ [नेपाल] ले नेताहरूकाे क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिने बताउनुभएकाे छ,’ राईले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =