एकीकृत समाजवादीले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने

काठमाडाैँ । एकीकृत समाजवादीले आफ्नाे सम्पूर्ण शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेकाे छ । फागुन २५ देखि शुरू भएर आज सकिएकाे केन्द्रीय समितिकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे । ‘एकीकृत समाजवादीले आउँदाे वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफ्नाे सबै शक्ति केन्द्रित गर्नेछ,’ पार्टीका महासचिव डा. वेदुराम भुसालले भनेका छन् ।

आज सकिएकाे बैठकले अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रूपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =