सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटल बीच समझदारी
२०७८ फागुन २६ गते

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैँडा क्याम्प होटल बीच सम्झौता भएको छ। बैंकका कार्डबाहक ग्राहकले होटलमा १० प्रतिशत छुट पाउने छन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।
मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदन समेत दिन सक्ने लगायतका व्यवस्था गरेको छ।
२०७८ फागुन २६ गते
प्रतिक्रिया









