बेन्जेमाको १७ मिनेटमा ह्याट्रिक, पीएसजी अन्तिम १६ बाटै बाहिरियो

काठमाडौँ । सानदार पुनरागमन जित निकाल्दै रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई ३-१ ले पराजित गरेको रियल समग्रमा ३-२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो ।

पीएसजीमाथि सानदार जित हासिल गर्ने क्रममा रियलका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक गरे । उनले १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेका थिए । १-० ले पछि परेको रियलका लागि खेलको ६१औँ, ७६औँ र ७८औँ मिनेटमा गोल गर्दै बेन्जमाले आफ्नो ह्याट्रिक पूरा मात्र गरेनन टिमलाई क्वाटरफाइनल पुर्याए ।

बेन्जेमाको यो शानदार प्रदर्शनका कारण पीएजी प्रिक्वाटरफाइनलबाटै घर फर्कियो ।

यसअघि पीएसजीका लागि केलियन एमबाप्पेले खेलको ३९औँ मिनेटमा गोल गरेका थिए । तर पीएसजीले यो अग्रतालाई अन्तिमसम्म जोगाउन नसक्दा पराजित हुन बाध्य भयो । र यो पराजय उसका लागि निकै महंगो साबित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *