आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा विस्तार

काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालि ले २ वटा शाखा विस्तार गरेको छ ।

सिन्धुलिको दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र रौतहटको चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । सुविधा सम्पन्न शाखाबाट अशोक लेल्यान्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन् ।

शाखाको समुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेल्याडका क्षेत्रीय प्रमुख तन्मय मित्रका साथै उक्त क्षेत्रका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

उद्घाटन सत्रमा ग्रुपका अध्यक्ष ढकालले अशोक लेल्यान्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए ।
कार्यक्रममा अशोक लेल्यान्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेल्यान्ड हिन्दुजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेल्यान्ड आक्रमक बजार विस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बससहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ । उद्घाटन गरीएको सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधासमेत दिँदै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *