इसेवा मनी ट्रान्सफरबाट निःशुल्क आन्तरिक रेमिट्यान्स सेवा

काठमाडौँ । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवा बाट शून्य शुल्कमा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ ।

कम्पनीका अनुसार यो सुविधा मार्च १, २०२२ बाट सुरु भएर मे ३१, २०२२ (३ महिना)सम्म चालु रहनेछ । इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्र तथा ५ हजारभन्दा बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउनु हुने व्यक्तिको हातसम्म पुग्नेछ ।

हालसालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन रु. २५ हजारसम्मको मात्र कारोबार गर्न मिल्ने व्यवस्था गरेसँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न यस ‘शून्य शुल्कमा रेमिट्यान्स’ सेवाले निकै ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ । त्यस्तै, यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान, इसेवाले ३ महिनासम्म हरेक महिना १ जना बिजेतालाई एउटा रेडमी ९आई स्मार्ट फोन दिने योजना समेत ल्याएको छ । त्यसका लागि, इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरी इसेवा मनी ट्रान्सफरमा गई तोकिएको विवरण पूरा गरी रेमिट्यान्स पठाउनु पर्ने हुन्छ ।

इसेवाले नेपालका सुविधा सम्पन्नदेखि विकट क्षेत्रमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *