कोका–कोलाले एक हजार महिला व्यवसायीलाई ‘सक्षम’ तालिम दिने

काठमाडौँ । कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम शुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीलाई व्यवसायिक तालिम दिने योजना छ ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलालाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ । यो कार्यक्रमले महिलालाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु¥याउन सक्षम बनाउँछ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी विश्वास गर्छाैँ कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्धेश्यले पहिला पनि ‘स्टार’ र ‘फाइभ बाई ट्वान्टी’ जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौँ र ती कार्यक्रमहरुले वहाँँहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए । महिला सशक्तिकरण सम्बन्धी यस्तै कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका एक हजार महिलालाई व्यवसायिक तालिम दिँदै छौँ ।
हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागि महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपालको ग्रामीण तथा शहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायः महिलाहरुले नै चलाउनुहुन्छ । र हामीले के देखेका छौँ भने यो कोभिड महामारीले वहाँँहरुको व्यापारमा धेरै चुनौती ल्याएको छ । यो कार्यक्रम मार्फत हामीले वहाँहरुलाई यस्ता चुनौतीको सामना गर्न सक्षम बनाउने र वहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौँ । हामीलाई विश्वास छ कि यस कार्यक्रमले वहाँहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ र वहाँँहरुको आत्मविश्वास पनि बढाउनेछ ।’

सन् २०२० सम्म ५ मिलियन महिलालाई आर्थिक रुपमा सक्षम बनाउने महत्वाकांक्षी लक्ष्यसहित कोका–कोलाले सन् २०१० मा ‘फाइभ वाई ट्वान्टी’ कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो । साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म ‘स्टार’ (शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको थियो । यसअन्तर्गत ५ हजार ८ सय महिला व्यवसायीलाई तालिम दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *