डाबर नेपालले बजारमा ल्यायो ‘डाबर वाटिका नेचुरल्स स्याम्पू’

काठमाडौँ । डाबर नेपालले डाबर वाटिका नेचुरल्स स्याम्पूको नयाँ रेन्ज हायाट प्लेस्, काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । डाबर वाटिका नेचुरल्स् स्याम्पूको सेलिब्रिटि ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का र डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले एक कार्यक्रमबीच उक्त नयाँ स्याम्पू सार्वजनिक गरेका हुन् ।

डाबर नेपालले नेपाली स्याम्पु बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्तालाई उच्च गुणस्तरीय वाटिका स्याम्पू उपलब्ध गराएको छ । यो स्याम्पू तीनवटा भेरियन्टमा बजारमा उपलब्ध छन् । ब्लयाक साइन स्याम्पू कालो र चम्किलो कपालको लागि, थिक एन्ड लङ स्याम्पू बाक्लो र लामो कपालका लागि र चायाबाट मुक्ति पाउन एन्टी–ड्यान्ड्रफ स्याम्पू बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरु उपलब्ध रहेको र कपालको विशेष समस्याको समाधान गर्छ र कपाललाई नरम बनाउन साथै क्लिङसिङ्ग र कन्डिसियनिङ दिने जनाएको छ ।

कम्पनीका व्यापार प्रमुख एचएस बेदीले भने– ‘डाबर नेचुरल्स स्याम्पू डाबरको उपभोक्तातर्फ प्राकृतिक हेयर केयरमा सबैभन्दा राम्रो समाधान हो । यसले राम्रो नतिजा दिन्छ । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’

मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘डाबर वाटिका नेचुरल्स स्याम्पू आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो । यसको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप १० प्राकृतिक तत्वसहित बजारमा ल्याएका छौँ ।’

डाबर वाटिका नेचुरल्स स्याम्पू १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतलसहित सुपथ मूल्यमा बजारमा उपलब्ध रहेको कम्प्नीले जनाएको छ । त्यस्तै, ७ एमएल र ३.५ एमएलको स्यासेमा पनि उपलब्ध छ । ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *