एकीकृत समाजवादी केन्द्रीय समिति बैठक बस्दै
२०७८ फागुन २४ गते

काठमाडाैँ । माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादीकाे केन्द्रीय समिति बैठक फागुन २५ गतेबाट शुरू हुने भएकाे छ । बैठक केन्द्रीय कार्यालय, काठमाडाैँमा बस्ने छ । बैठक २६ गते सकिने छ ।
बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगत रूपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
बैठकमा अध्यक्ष नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसिसीसँगै पछिल्लाे राष्ट्रिय राजनीतिबारे ब्रिफिङ्ग गर्नेछन् भने प्रतिवेदनसमेत पेश हुने छ ।
२०७८ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








