एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङको बेलबारी मालपोतमा

काठमाडौँ । एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औँ विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । शुक्रबार विधिवत रुपमा उक्त काउन्टरको स्थापना गरिएको हो ।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सरकार–नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अब मालपोत कार्यलय बेलबारीमा नगद रहीत सेवा लिन हुन पनि सम्पूर्ण सेवाग्राहीलाई अनुरोध गरे ।

कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सोही मन्त्रालयका अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंकका सीईओ सुनिल केसी एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरे, बेलबारी नगरपालिका–३ का वडा अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारीत काउण्टरका प्रमुख भानुभक्त न्यौपाने, भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाललगायतको उपस्थिति थियो ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७,

२०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले यस लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएम मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *