विश्व नारी दिवसमा गरिमा विकास बैंकको विशेष सुविधा

काठमाडौँ । गरिमा विकास बैंकले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो शेयर बचत खातामा महिलाहरुलाई विशेष सुविधा दिने भएको छ ।

यस अवसरमा महिला ग्राहकलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । आफ्नो बहुमूल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

यस विकास बैंकका ग्राहकले न्यूरोड शाखा (काठमाडौँ), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछ । यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोल्नुहुने सम्पूर्ण नारी ग्राहकवर्गले उक्त छुट प्राप्त गगर्नेछन् ।

हाल, गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *