पल शाह प्रकरणमा बाबुरामको टिप्पणी- पीडकको पक्ष लिनु लज्जास्पद

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै कानुनभन्दा माथि कोही नरहने बताएका छन् । उनले पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा उल्टै ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जस्पद भएको बताएका छन् ।

‘नाबालिक किशोरीको यौनशोषणसम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो,’ उनले ट्वीटमा लेखेका छन्,’ लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर सुरूमै न्याय प्रभावित नहोस् ।

उमेर नपुगेकी किशोरीमाथि जबरजस्ती करणी रोपमा अभिनेता शाह प्रहरी हिरासतमा छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीमा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *