शुक्रपथको प्रमुख कार्यकारीमा ओझा नियुक्त

काठमाडौँ । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारीमा जीवनराज ओझा नियुक्त भएका छन् । संस्थाको बोर्ड बैठकले ओझालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । ओझाले संस्थाको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गर्दै आएका थिए ।

लामो अनुभव, लगनशीलता, बजार पहुँच, वित्तीय ज्ञान र प्रभावकारी नेतृत्वक्षमता भएका कारण ओझाको नेतृत्वमा सहकारीले अझ गति लिने सहकारीले जनाएको छ । नवनियुक्त कार्यकारी प्रमुख ओझाले पदभार ग्रहण गर्दै समुदायमा छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिलाई त्यही समुदायको उन्नति र विकासका लागि प्रयोग गर्दै संस्थागत विकास र सदस्यहरूको सीप, क्षमता र दक्षतामा आधारित व्यवसायको प्रवर्द्धन गर्न थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

ओझाले शुक्रपथ सहकारीका सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाएर गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।

काठमाडौँको न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारीका उपत्यकाबाहेक नुवाकोट र चितवन गरी दश स्थानमा सेवा केन्द्रहरू सञ्चालनमा छन् ।

‘आर्थिक क्रान्तिका लागि सहकारी, हटाऊँ गरिबी र बेरोजगारी भन्ने मूल नाराका साथ विगत ११ वर्षदेखि सहकारी अभियानमा रहेको शुक्रपथ सहकारीको प्रमुख कार्यकारीमा नियुक्त भएपछि ओझाले सहकारी अभियानलाई थप मजबुत र सशक्त बनाउन आफूले सक्दो पहल गर्ने बताए ।

शुक्रपथ सहकारीले हालसम्म एक अर्ब ७० करोड बचत संकलन गरी एक अर्ब ६५ करोड ऋण लगानी गरेको छ भने सहकारीमा १२ हजार सदस्य आबद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *