कामना सेवा विकास बैंकका थप ३ शाखा चितवनमा

काठमाडौँ । कामना सेवा विकास बैंकले चितवनमा थप ३ शाखा कार्यालय विस्तार गरेको छ ।

जिल्लाको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा १३०औँ, कालिका नगरपालिका–४ स्थित पदमपुरमा १३१औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औँ शाखा कार्यालय स्थापना गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *