आईएमई पे बाट यती एयरलाइन्सको टिकट खरिद गर्नेलाई अफर

काठमाडौँ । आईएमई पे ले यती एयरलाइन्ससँगको सहकार्यमा ग्राहकका लागि अफर ल्याएको छ ।

आईएमई पे का प्रयोगकर्ताले यती एयरलाइन्सको टिकट खरिद गर्दा लक्की ड्र मा भाग लिन पाउने भएका छन् । फागुन १२ देखि २ महिनासम्म आईएमई पे बाट यतीको टिकट खरिद गर्नेहरुले यस्तो लक्की ड्र बाट विभिन्न गन्तव्यमा निःशुल्क उडानको अवसर पाउने छन् ।

रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय गन्तव्यका लागि उनीहरुले निस्शुल्क टिकट पाउनसक्ने छन् ।

यो अफर २ महिना चल्ने छ । यसमा चार जनाले निःशुल्क टिकट जित्नसक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *