महालक्ष्मी विकास बैंकद्वारा मानव धर्म सेवा समितीलाई कुर्सी सहयोग

काठमाडौँ । महालक्ष्मी बिकास बैंक पुतलीसडक तथा चाबहिल शाखाले संयुक्त रुपमा गौशालास्थित नेपाल मानव धर्म सेबा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । हिन्दुको महान उत्सव महाशिवरात्रीको पूर्वसन्ध्यामा समितिलाई कुर्सी हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग ग्रहण गर्दे नेपाल मानब धर्म सेबा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैंकले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शन गर्न जाने तिर्थालु तथा भक्तजनलाई विश्राम गर्न सजिलोहोस् भनेर उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुइँकेलले जानकारी गराए । महालक्ष्मी विकास बैंकले कोर बैंकिङमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

यस बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखा मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिजा ईएमभी चिप्स बेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *