यी ४ सांसद, जसले भने- ‘एमसीसी हुन्न’

काठमाडाैँ । अन्तत: अमेरिकी सहायता परियाेजना एमसीसी ‘व्याख्यात्मक घाेषणा’सहित नेपालकाे संसद्‌बाट पारित भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले अनुमोदनका लागि संसद्‌मा निर्णयार्थ प्रस्तुत गरेकाे एमसीसीमाथि अधिकांश सांसदले ‘हुन्छ’ भन्ने पक्षमा हात उठाए ।

तर, ४ जना सांसदहरूले भने ‘एमसीसी हुन्न’ भने अर्थात् विपक्षमा हात उठाए । त्यसरी ‘हुन्न’ भन्ने सांसदहरूमा एमाले सांसदद्वय भीमबहादुर रावल र झपट रावल छन् । यस्तै राष्ट्रिय जनमाेर्चाकी सांसद दुर्गा पाैडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल छन् ।

एमसीसी संसद्‌बाट अनुमाेदन भएकाे बखत प्रमुख प्रतिपक्ष दल एमालेले भने नाराबाजीलाई नै कायम राखेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =