एमसीसी नेपालकाे संसद्‌बाट अनुमोदन

काठमाडौँ । अमेरीकी सहयोग परियोजना एमसीसी नेपालको संसद्‌बाट अनुमोदन भएको छ ।  नेपाल सरकारले यसअघि नै कार्यान्वयन गर्नेगरी हस्ताक्षर गरेको परियोजना संसद्‌बाट अनुमोदन गर्न भने लामो माथापच्ची ब्यहोर्नुपरेको थियो ।

सत्तारुढ दलहरूबीच नै एमसीसीबारे मतैक्य नभएपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभाले पारित गरेको हो । दलगत रूपमा नेमकिपा, राप्रपा र जनमोर्चा मात्र यसको विपक्षमा रहेका थिए ।

एमालेले पक्ष वा विपक्षमा कतै मतदान गरेन भने कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले पक्षमा मतदान गरे ।

नेपालकाे १२ बुँदे घोषणा

व्याख्यात्मक घोषणामा एमसीसीकाे पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गरिएको छ ।

नेपालको संविधान, कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरूभन्दा माथि रहेको, एमसीसी अनुदानको प्रयोगबाहेक अन्य कुनै पनि उद्देश्यका लागि अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य नहुने, एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र बौद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहने घोषणा गरिएको छ ।

घोषणामा एमसीसीका क्रियाकलापरकार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *