गृहमन्त्री गुरुङलाई नेकपा सांसदले सोधिन्- ‘जीवी राई कहिले सम्पर्कमा आउँछन् ?’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले गृहमन्त्री सुधन गुरुङलाई जीवी राई कहिले सम्पर्कमा आउँछन् ? भन्दै प्रश्न गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि प्रश्नको जवाफ दिएपछि सांसद विकले प्रस्टीकरण माग गर्दैगर्दा यस्तो प्रश्न सोधेकी हुन् ।

१४ भदौ २०८० मा सहकारी बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये केही पक्राउ परेपनि राईलाई सरकारले नियन्त्रणमा लिन सकेको छैन ।

उनले भनिन् ‘जीवी राईजस्ता केही मान्छेहरू छन्, यी कहिले सम्पर्कमा आउँछन् ? राजदरबार हत्याकाण्डको अनुसन्धान कसरी गर्नुहुन्छ ?’

उनले प्रहरीको मनोबल बढाउने विशेष कार्यक्रम ल्याउन समेत सुझाव दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =