बाबुरामकाे स्वीकाराेक्ति : ‘एमसीसीको भाषा कताकता बिझाउने खालको छ’

काठमाडौँ । पूर्व प्रधान मन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी परियोजनामा उल्लेखित कतिपय भाषा कताकता बिझाउने खालको रहेको बताएका छन् ।

आफ्नो पालामा एमसीसी अनुदानका लागि नेपाल योग्य भएको जानकारी आएको र आफुले त्यो आवश्यक रहेकैले अघि बढाएको भन्दै उनले आफूले त्यसको नैतिक जिम्मेवारी लिने बताए । तर त्यसबेला अघि बढाएर अहिले विरोध गर्नु नैतिक नहुने उनको भनाइ छ ।

तर आफ्नो पालामा भन्दा पछि यो सम्झौताको कतिपय भाषा परिमार्जन गरिएको र त्यो हेर्दा आफूलाई विझाउने भन्दै तर यो धनीले गरिबलाई ऋण दिंदा लेख्ने तमसुकको भाषा जस्तो भएपनि यो स्वीकार्नुपर्ने अवस्था रहेको उनले बताए ।

गाउँमा साहुमहाजनले तमसुकमा लेख्ने ‘तिर्न नसके जायजेथाबाट असुल उपर गर्नु’ भन्ने भाषा चित्त बुझ्दो नभएपनि गरिब व्यक्तिले त्यो स्वीकार्नुपर्ने अवस्था रहेको डा. भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *