सहयोग परियोजनालाई हामीले बाँदरको घाउ बनायौँ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधान मन्त्री तथा जनता समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सामान्य सहयोग सम्बन्धि परियोजनालाई अनावश्यक गिजोलिएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा सहभागी हुँदै डा. भट्टराईले यसलाई अति नै गिजोलिएको र सानो घाउलाई क्यान्सर जस्तो बनाइएको बताए । यसलाई बाँदरको घाउ जस्तो चलाएको चलायै गरेर ठूलो बनाइएको उनले बताए ।

त्यसकै कारण अहिले आफ्नो संसदीय क्षेत्रमा जान पनि डराउनुपर्ने अवस्था आएको भन्दै तर सत्य तितो भएपनि स्वीकार्नुपर्ने बताए ।

म पनि यो सम्झौतामा सहभागि छु त्यसैले जिम्मेवारी लिन्छु । पूर्व प्रधान मन्त्री झलनाथ नलालाई लक्षित गर्दै उनले आफ्नो पालामा काम अघि बढाएर अहिले फेरि चर्को कुरा गर्नु अशोभनीय हुने उनले बताए । ‘सही थिएन भने त्यसबेला के हेरियो ? किन गलत छ भनेर खारेज गरिएन ? अहिले कर्मचारीले मात्र अघि बढाएका हुन् भनेर धर पाइन्छ ?’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *