बिना निष्कर्ष सकियो बालकोट बैठक, एमालेकाे अडान यथावत्
२०७८ फागुन १४ गते

काठमाडौँ ।नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबीच बालकोटमा बसेको बैठक बिना निष्कर्ष सकिएको छ । शनिबार अपराह्नदेखि जारी बैठक भर्खरै सकिए पनि बिना निष्कर्ष टुंगिएको एमाले महासचिव शंकर पोखरेलले बताए ।
आजको बैठकमा कांग्रेस नेताहरूले एमसीसी पास गर्न सघाउन एमालेलाई आग्रह गरेको उनले बताए । यद्यपि आफूहरूको माग सम्बोधन नभएसम्म संसद् अवरोध कायम राख्ने एमाले नेताहरूले अडान दोहोर्याएको पनि उनले बताए ।
एमसीसी सम्बन्धमा हाल कायम सत्ता गठबन्धनमै किचलो देखिएका कारण पहिले गठबन्धनको ठोस धारणा स्पष्ट हुनुपर्ने समेत उनले बताए ।
२०७८ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








