प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसीबारे छलफल हुने

काठमाडौँ । फागुन १५ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अमेरिकी परियोजना एमसीसी छलफलका लागि पेस हुने भएको छ । संसद् सचिवालयले शनिबार सार्वजनिक गरेको प्रारम्भिक कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहायता परियोजना एमसीसीबीच भएको सहमति माथि छलफल होस् भनी प्रस्ताव पेस गर्ने उल्लेख गरिएको छ ।

यही प्रस्ताव पेस गर्ने कार्यसूची सार्वजनिक भएका यसअघिका दुई वटा बैठक भने सूचना टाँस गरेर स्थगित गरिएको थियो । दलहरूबीच सहमति हुन नसक्दा सरकारले एमसीसीमाथिको छलफल शुरू गरिहाल्न चाहेको छैन ।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरूका साथै मुख्य विपक्षी दल नेकपा एमालेलाई पनि आग्रह गर्दै आएका छन् । तर, दलहरूबीच सहमति हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =