एमसीसी : माओवादीले खाेज्याे एमालेकाे साथ

काठमाडाैँ । सत्तारुढ गठबन्धनकाे एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकाे भेटवार्ता सकिएकाे छ । वार्तामा संसद्‌मा पेश भइसकेकाे एमसीसी र संसद्‌काे गतिराेध अन्त्यकाे विषयमा छलफल भएकाे प्रचण्ड सचिवालयका सदस्य रमेश मल्लले जानकारी दिए ।

यसबाहेक अन्य विषयमा छलफल नभएकाे उल्लेख गर्दै मल्ले भनेका छन्— ‘भेटको क्रममा राष्ट्रिय मुद्दा र समस्या बनेको एमसीसी र सदन सुचारू गर्नेबारे छलफल भयो । यीबाहेक अरु विषयमा कुरा भएको छैन ।’

यसअघि एमाले नेताहरूले भने प्रचण्डले ओलीलाई प्रधान मन्त्रीकाे प्रस्ताव गरेकाे दाबी गरेकाे समाचार सम्प्रेषण भएका थिए । यसपछि प्रचण्ड सचिवालयले प्रष्टाेक्तिसहितकाे जानकारी दिएकाे हाे ।

सत्ता सहयात्री दलहरूका विराेधका बीच संसद्‌मा पुर्‍याएकाे एमसीसी कुनै पनि हालतमा पारित हुनुपर्ने सरकारकाे नेतृत्वकर्ता नेपाली कांग्रेसकाे अडान छ भने माओवादी केन्द्रसँगै एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चालगायतका दलहरू विपक्षमा उभिएका छन् । यसबेलासम्म एमालेले भने केही बाेलिसकेकाे छैन । सत्तारुढ गठबन्धनबाट साझा धारणा आएपछि मात्रै आफूले धारणा बनाउने बताउँदै आएकाे एमालेले संसद्‌ अवराेध गर्दै आएकाे छ ।

सूत्रकाअनुसार माओवादीले एमसीसीमाथिकाे आफ्नाे कदमलाई साथ दिन एमालेलाई प्रस्ताव गरेकाे छ । प्रचण्डभन्दा अगाडि कांग्रेस सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाले पनि एमालेलाई पक्षमा उभिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =