एमसीसी निष्कर्षमा पुग्ने वातावरण बन्याे : प्रवक्ता कार्की

काठमाडाैँ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताएका छन् ।

उनले एमसीसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्ने वातावरण तयार भएकाे बताएका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिमा संसद् सुचारु भई एमसीसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ ।

उनले समयसीमाभित्रै एमसीसी पारित हुने विश्वाससमेत व्यक्त गरे । मुलुकको हितका लागि आवश्यक एमसीसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने समेत उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *