आँधीले ढाल्यो ‘न्यूटन एप्पल ट्री’

काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयको बोटानिकल गार्डेनमा रहेको ‘न्यूटन एप्पल ट्री’ आँधीका कारण ढलेको छ । यो घटनाले गार्डेनको लागि ठूलो क्षति पुगेको तर क्लोनमार्फत अर्को बिरुवा हुर्काउने गार्डेनले जनाएको छ ।

गार्डेनका क्यूरेटर डा. स्यामुएल ब्रोकिङ्गटनले सन् १९५४ मा गार्डेनको ब्रुकसाइड प्रवेश गर्ने ठाउँमा उक्त रूख रोपेका थिए । ६८ वर्षसम्म उक्त रूख जीवित रह्यो । स्यामुएलले सर आइज्याक न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउँदा स्याउ खसेको रूखलाई क्लोनिङमार्फत हुर्काएको जानकारी दिए ।

पछिल्लो समय महफङ्गसका कारण रूखका जरा माटो बाहिर निस्किएका थिए । न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउँदा स्याउ खसेको मुख्य रूख अहिले पनि लिकंनशायर ग्रान्थमको वुलस्टोर्पमा छ । १९ औँ शताब्दीको मूल रूखलाई आँधीले उडाए पनि अहिलेसम्म कलमी गरि उक्त रूख फैलिइरहेको छ । –बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *